नेपाल शिक्षक महासङ्घले आगामी बजेटमा शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट छुट्याउन सरकारसँग माग

पालिका संचारकर्मी
१७ बैशाख २०८३, बिहीबार १२:४६

नेपाल शिक्षक महासङ्घ ले आगामी बजेटमा शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट छुट्याउन सरकारसँग माग गरेको छ। महासङ्घले ६ बुँदे धारणा सार्वजनिक गर्दै शिक्षा ऐन ल्याउन, अस्थायी शिक्षकका समस्या समाधान गर्न र तलब रोकिएका शिक्षकलाई तत्काल भुक्तानी दिन आग्रह गरेको छ।

महासङ्घले हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयको समर्थन गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ। साथै, केही स्थानीय तहमा शिक्षक हटाउने र तलब रोक्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै यस्ता गतिविधि रोक्न चेतावनी दिएको छ।

माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम ल्याउन सकिने संकेत पनि महासङ्घले दिएको छ।