आजदेखि आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु हुँदै

पालिका संचारकर्मी
१७ बैशाख २०८३, बिहीबार १२:३१

मकवानपुरको बागमती गाउँपालिकामा आजदेखि आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समिति र सर्लाहीको बागमती युथ क्लब आमनेसामने हुनेछन्। खेल दिउँसो ३:३० बजे सहिद स्मृति रंगशालामा सञ्चालन हुनेछ।

प्रतियोगितामा विभिन्न चर्चित क्लबहरूको सहभागिता रहनेछ। दोस्रो दिन त्रिभुवन आर्मी क्लबले नव जनजागृती क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने त्यसपछि एपीएफ र चित्लाङ एफसीबीच खेल हुनेछ। प्रतियोगिता क्रमशः अगाडि बढ्दै सेमिफाइनल र फाइनलसम्म पुग्नेछ, जसको अन्तिम खेल बैशाख २६ गते तय गरिएको छ।

कुल १० टोली सहभागी रहने प्रतियोगितामा विजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख हात पार्नेछ। साथै उत्कृष्ट खेलाडी र अन्य विधागत उत्कृष्टलाई पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ।