सरकारद्वारा अध्यादेश ल्याउने तयारी, संसद् अधिवेशन स्थगितपछि नयाँ कदम

पालिका संचारकर्मी
१४ बैशाख २०८३, सोमबार १३:४७

सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ। आह्वान भइसकेको संघीय संसद् अधिवेशन स्थगित भएपछि सरकारले अध्यादेशमार्फत अघि बढ्ने तयारी गरेको हो।

स्रोतका अनुसार सोमबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यादेश ल्याउने विषयमा छलफल तथा निर्णय हुने सम्भावना छ।

विशेषगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने तयारी भइरहेको बताइएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १७ वैशाखका लागि संघीय संसद् अधिवेशन आह्वान गरेका थिए। तर त्यसको भोलिपल्टै सरकारकै सिफारिसमा अधिवेशन स्थगित गरिएको थियो।