दुई घण्टा ढिला गरी सुरु भयो कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

पालिका संचारकर्मी
१४ बैशाख २०८३, सोमबार १३:३८

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ। आज बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब दुई घण्टा ढिला गरी सुरु भएको हो।

बैठकमा सभापति गगन थापाले सहमतिका आधारमा संसदीय दलको नेताको नाम प्रस्ताव गर्ने कार्यक्रम रहेको बताइएको छ।

कार्यसम्पादन बैठकपछि आजै दलको कार्यालयमा सभापति थापाले संसदीय दलका नेता चयनबारे सांसदहरूसँग छलफल गर्ने कार्यक्रम पनि रहेको छ।

पार्टी स्रोतका अनुसार सभापतिबाट प्रस्ताव गरिएअनुसार संसदीय दलको विधानको धारा ५ बमोजिम नेता चयनको औपचारिक प्रक्रिया अघि बढाइनेछ।

यसअघि सहमतिमै नेता चयन गर्ने सहमति भएपछि शुक्रबार निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो।