प्युठानमा चट्याङ लागेर बाबु–छोराको मृत्यु, एक जना घाइते

पालिका संचारकर्मी
१४ बैशाख २०८३, सोमबार १३:३७

प्युठान — प्युठानको गौमुखी गाउँपालिका–६ लिबाङमा चट्याङ लागेर बाबु–छोराको मृत्यु भएको छ।

स्थानीय ७० वर्षीय केदार बोहरा क्षेत्री र उनका २८ वर्षीय छोरा रामु बोहरा क्षेत्रीको चट्याङ लागेर ज्यान गएको प्रहरीले जनाएको छ।

आइतबार दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो।

सोही घटनामा चट्याङ लागेर घाइते भएकी एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।