७७औँ कम्युनिष्ट दिवस: देशभर विभिन्न कार्यक्रमसहित स्थापना दिवस मनाइँदै

पालिका संचारकर्मी
९ बैशाख २०८३, बुधबार ११:३९

नेपालमा कम्युनिष्ट आन्दोलनको ऐतिहासिक दिन आज विभिन्न कार्यक्रमसहित मनाइँदैछ। नेपाल कम्युनिष्ट पार्टी स्थापना को ७७औँ स्थापना दिवसको अवसरमा विभिन्न कम्युनिष्ट दलहरूले देशभर कार्यक्रम आयोजना गरेका छन्।

वि.सं. २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठ को नेतृत्वमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायण विलास जोशी लगायतले नेपालमा पहिलो कम्युनिष्ट पार्टी स्थापना गरेका थिए। त्यसपछि पुष्पलाल श्रेष्ठ नै पार्टीको पहिलो महासचिव बनेका थिए।

दशकौँको यात्रामा कम्युनिष्ट आन्दोलन विभिन्न टुटफुट, विभाजन र सत्ता केन्द्रित राजनीतिका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको टिप्पणी हुँदै आएको छ।

यसै अवसरमा पुष्पकमल दाहाल प्रचण्ड ले शुभकामना सन्देश दिँदै नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठन आवश्यक रहेको बताएका छन्।

त्यस्तै शंकर पोखरेल ले जनताको बहुदलीय जनवाद (जबज) लाई लक्षित गर्दै लोकप्रियतावाद र अवसरवाद दीर्घकालीन रूपमा टिक्न नसक्ने टिप्पणी गरेका छन्।