नेपाल बीमा प्राधिकरणद्वारा ३७ बीमा कम्पनीको अद्यावधिक सूची सार्वजनिक

पालिका संचारकर्मी
९ बैशाख २०८३, बुधबार ११:३६

काठमाडौँमा बीमा क्षेत्रको संरचनाबारे नयाँ विवरण सार्वजनिक गरिएको छ। नेपाल बीमा प्राधिकरण ले देशभर सञ्चालनमा रहेका ३७ बीमा कम्पनीहरूको अद्यावधिक सूची सार्वजनिक गरेको हो।

बुधबार जारी सूचनाअनुसार चैत मसान्तसम्मको तथ्याङ्कका आधारमा बीमा ऐन २०७९ को दफा ३५ अनुसार यो सूची तयार गरिएको हो।

प्राधिकरणका अनुसार नेपालमा हाल १४ वटा जीवन बीमा कम्पनी र १४ वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्। साथै २ वटा पुनर्बीमा कम्पनी र ७ वटा लघुबीमा कम्पनी पनि सक्रिय रूपमा कार्यरत रहेका छन्।

बीमा क्षेत्रलाई अझ पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले यस्तो अद्यावधिक सूची सार्वजनिक गरिएको प्राधिकरणले जनाएको छ।