बुधबार सुनचाँदी बजारमा गिरावट

पालिका संचारकर्मी
९ बैशाख २०८३, बुधबार ११:३०

सुनचाँदी बजारमा बुधबार मूल्यमा गिरावट देखिएको छ। आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घट्दै करिब तीन लाख रुपैयाँको आसपासमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार अघिल्लो दिन सुन प्रतितोला तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आजको गिरावटसँगै सुन बजारमा हल्का दबाब देखिएको छ।

त्यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा पुगेको छ। हिजो मंगलबार यसको मूल्य ५ हजार १६० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजार र माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा पनि मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरूले बताएका छन्।