सुनको मूल्य तोलामा १,६०० रुपैयाँले बढ्यो, चाँदीमा सामान्य गिरावट
नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १,६०० रुपैयाँले बढेको हो।
नयाँ मूल्य अनुसार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो भने सुनको मूल्य २ लाख ९९ हजार ७ सय रुपैयाँ थियो।
यता चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। हिजो प्रतितोला ५ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर ५ हजार १ सय ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावको आधारमा नेपालमा दैनिक सुनचाँदीको मूल्य निर्धारण गरिँदै आएको छ।

पालिका संचारकर्मी 






