मनहरीमा अवैध लागूऔषधसहित दुईजना पक्राउ

पालिका संचारकर्मी
१२ फाल्गुन २०८२, मंगलवार १२:३५

मकवानपुर । मकवानपुरबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको मनहरी गाउँपालिका–७ मनहरीबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो १ सय ६ ग्रामसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले सोमबार भारत बेतिया बस्ने ३६ वर्षीया रिना देवी समेत दुई जनालाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जानकारी गराइएको छ ।