बकैया आँपचौरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
मकवानपुरको बकैया गाउँपालिका–११ स्थित आँपचौरमा भएको सवारी दुर्घटनाले एक व्यक्तिको ज्यान लिएको छ। बिहीबार दिउँसो कान्तिलोकपथ सडकखण्डको तीव्र मोडमा बलगर ट्रक र स्कुटर आपसमा ठोक्किँदा स्कुटर चालक गम्भीर घाइते भएका थिए।
जितपुर भञ्ज्याङबाट ठिंगनतर्फ जाँदै गरेको बा.प्र.०३–००१ क ०९५२ नम्बरको बलगर ट्रकसँग म.प्र.०३–०३९ प ५६४४ नम्बरको स्कुटर ठोक्किएको हो। दुर्घटनामा घाइते भएका वीरगन्ज महानगरपालिका–१० पानीट्याङ्की निवासी ५० वर्षीय अनुराग श्रेष्ठलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको र घटनासम्बन्धी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

पालिका संचारकर्मी 






