जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

हेटौंडा । रौतहटमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । मौलापुर नगरपालिका–९ सोनारनियास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २५ वर्षीय महेश मुखिया समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ५४ हजार ६ सय ७५ नेपाली रुपैयाँ, ३ हजार ५ सय भारतीय रुपैयाँ र तास ५ बुक बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।