ऋण लिएर गरेको कामले २ वर्षमा ३ तले घर

पालिका संचारकर्मी
२४ फाल्गुन २०८१, शनिबार १४:१९

नाम हिमाल पाख्रिन नाम जस्तै उहाँको काम पनि हिमाल सरि छ । रामेछाप नगरपालिका वडा नं. ६ का हिमाल पाख्रीन उहाँको मुख्य पेशा भनेको चै ड्राइभर हो । विगतमा २५÷२६ वर्ष भारतको बम्बई गुजरातमा बसेर गाडी चलाउनुभयो । पछि गाउँमै गएर केहि गर्नु पर्छ भन्ने सोच आयो र गाउँ फर्किनुभयो । उता पनि रातदिन गाडि चलाउनुहुन्थ्यो । गाडि लिएर पाकिस्थान सम्म पुग्नुभयो ।

 

नेपाल गाउँनै फर्किएर केहि गर्ने प्लान उतैबाट गरेर फर्किनुभयो । अरू भन्दा नयाँ काम गर्ने सोच बनाउनुभयो । बगैचा बिस्तार गर्ने र ठाउँलाई चिनाउने सोचले मकै खेती गर्ने बारिमा आएर जुनार लगाउनुभयो । १८ रोपनी बारीमा २÷३ मुरी मकै फल्थ्यो मकै लगाउदा खानलाई धौधौ हुन्थ्यो । अहिले त्यही बारिबाट ४ लाखौँ कमाउनुहुन्छ । अर्को वर्षदेखि यो आम्दानी पनि बढ्दै जाने उहाँको विश्वास छ ।
घर फर्किने भएपछि इन्डिया बाट नै परिबारलाई १ सय ५० बोट जति जुनार किनेर ल्याएर राख्नु म आए पछि रोप्नेछु भन्नुभयो । जुनार लगाए पछि शुरुमा कष्टै भयो । उत्पादन हुन्छ भनेर पत्यार पनि लागेन । मेहनत पनि धेरै लाग्यो । निराशा पनि लाग्यो । बिस्तारै बोटको रुप चेन्ज हुँदै गए पछि खुसी लाग्योे । उहाँले हार मान्नुभएन । बारीमा विरुवा साना छन् आम्दानी छैन । बारीमा फलेको मकैले ३ महिना खान पुग्दैन, रोजगारी पनि छैन अव के गर्ने त भन्ने सोचमा पर्नुभयो ।
बाहिर काम गर्ने भएकाले थोरै पैसा त जम्मा थियो । तरमा केही गर्नको लागि पुग्ने थिएन । त्यसपछि उहाँले गाडि किन्नको लागि मन्थली बचत तथा ऋण सहकारीमा सुरुमा गाडी किन्न लागेको भनेर ऋण माग्न जाने वित्तिकै तुरुन्तै ऋण पनि पास भयो । सहकारीबाट १८ लाख ऋण लिनुभयो । ऋण लिएर गाडि किन्ने वित्तिकै काम पनि सुरु भयो । गाउँमा भुकम्पले सवै घर भत्काईएको थियो । सवैले बस्नको लागि घर बनाउन तरखर थियो । गाउँमा कसैको पनि गाडि थिएन । त्यो समय भुकम्पको बेला भएकोले गाडि कम चल्थ्यो गाउँघरमा । उहाँ भने रातदिन खट्नुभयो । मिहेनत गर्नुभयो । अल्छि गर्नुभएन । जहाँ भन्यो तेहि सामान पु¥याईदिनुभयो । रातदिन भन्नुभएन । धेरै दुःख गर्नुभयो । उहाँ अहिले पनि सम्झनुहुन्छ । रातिको १२÷१ बजे जङ्गलको बाटो एक्लै कतिदिन हिड्नुभयो । कति रात त सामान पु¥याउन हिड्दा हिड्दै सुत्न पनि भ्याउनुभएन । रातदिन खट्दा महिनाकै २ देखि ३ लाख सम्म कमाउनुभयो । ऋण लिएर धेरै नै फाइदा भएको बताउनुहुन्छ हिमाल । ऋणको धेरै नैे सदुपयोग गरेर सफल भएकोमा दङ्ग हुनुहन्छ । आम्दानी रामै भएकोले २ वर्षमा उहाँले सबै ऋण तिर्नुभयो । साँवा व्याज गरेर २५ लाख जति तिर्नुभयो । हिमालले त्यो ऋण मात्र तिर्नु भएन ऋण तिरेर पनि गाउँमै तिन तलाको आरसिसि घर ठड्याउनुभयो । उहाँलाई लाग्छ विदेशमा बसेको भए केहि पनि कमाउने थिइनँ ।
भुकम्पको घर बनिसकेपछि कामहरु त कम भयो तर जुनार बारीमा खट्न थाल्नुभयो । काम पाउँदा रातदिन नभनि जहाँ भन्यो त्यही सामान पु¥याईदिनुहुन्छ तर एकछिन फुर्सद भयो कि जुनार बारिमै पुगिहाल्नुहुन्छ ।

फर्ममा उहाँले अहिले जुनार सुन्तला लगाउनुभएको छ । यो वर्ष जुनार सुन्तलाको उत्पादन एकदमै राम्रो भयो । पहिलाको उत्पादन भन्दा यो वर्ष डवल भयो । १८ रोपनीमा साना ठुला गरेर ५५० बोट जुनार खेती गर्नुभएको छ । अहिले ३०० बोटमा फलिरहेको जुनारबाट यो वर्ष मात्रै उहाँले ४ लाखको विक्री गर्नुभयो । सुन्तला चाहि ४० बोट लगाउनुभएको छ । सुन्ताला विक्री गरेर यो वर्ष पहिलो पटक ५० हजार मात्र लिनुभयो । जुनार र सुन्तला नै स्थानीय जातको लगाउनुभएको छ ।
२०७३÷७४ सालतिर लगाएको जुनारले ७७ सालमा नै पहिलो पटक ३६ हजार आम्दानी भयो । जुनार विक्री गर्न गाह्रो छैन । जुनार ग्राहक घरघरमै आएर लैजान्छन् । बजारीकरणको अवस्था पनि राम्रो छ । पहिला विक्रि रामेछाप सिन्धुली र खनीयाखर्क हुन्थ्यो भयो यो वर्ष देखि काठमाडौँको सुपरमार्केटमा गएको छ । रामेछापको जुनार एकदमै राम्रो भनेर सिन्धुली काठमाडौँ तथा मधेसतराइतिरबाट किन्न आउने गरेको सुनाउँछन् हिमाल ।
अहिले बारिमा जुनार सुन्तला मात्र नभई जुनार भित्र खोसार्नी, काउली, गाजर मुला, भटमास लगाउनुभएको छ । यो वर्ष ३ रोपनी जतिमा भटमास लगाएर त्यसबाट ५० हजार छुट्टै आम्दानी गर्नुभयो । ८०० रुपैँया पाथिले गाउँमै विक्रि भयो । पानीको थोरै समस्या भएकोले भटमास मात्र लगाउनुभयो यो वर्ष । कोशे बाली हरेक हुन्छ तर थोरै पानीको अभाव भएकोले समस्या भएको बताउनुहुन्छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई जुनारजोन मन्थलीको ५० प्रतिशतको अनुदानमा १ ट्याङ्की र अर्को कृषि विकास कार्यालय मन्थलीबाट ७५ प्रतिशतको अनुदानमा बनाउनुभयो । अहिले उहाँकोमा २ वटा ट्याङ्की छ । त्यहाँ आकाशे पानी जम्मा हुन्छ । त्यहि पानी सदुपयोग गरेर खेती गर्नुभएको छ ।
रामेछाप नगरपालिका कार्यालयबाट भने केही सहयोग नपाए पनि नगर पालिका कार्यालयबाट उत्कृष्ट कृषकको रुपमा सम्मान सहित २० हजार पाएको बताउनुहुन्छ । मन्थली नगरपालिका, रामेछाप नगरपालिका लगाएत धेरै ठाउँबाट पनि उत्कृष्ट कृषकको पुरस्कार पाईसक्नुभएको छ ।
अहिलेसम्म पनि जुनार खेतीको लागि तालिम लिनुभएको छैन तर विज्ञरूसँग सोधेर काम गर्नुहुन्छ । विरुवाहरूमा औषधिहरू पनि विज्ञहरू तथा गाउँबाट सिक्दै, ट्राइ गर्दै, यो रोगको लागि यो औषधि भनी डायरीमा टिप्दै औषधि छर्ने काम गर्नुहुन्छ र सफल पनि हुनुभएको छ । उहाँको बगैँचमा कुनै रोग लागेको छैन र औँषा किरा पनि परेको छैन । उहाँ आफै खट्नुहुन्छु । ज्यालामा अहिलेसम्म कामदार लगाउनुभएको त छैन तर कटिङको लागि चाहि बाहिरको मान्छे लगाएको र आफु पनि सँगै सँगै सघाउँदै सिक्दै गर्नुहुन्छ । तालिम विना पनि आफै सानोतिनो प्राविधिक भैसक्नुभएको छ ।
उहाँ गाडि खेतीमा मात्र होईन घरमा सानो पसल पनि राख्नु भएकोछ । भैसी, बुङ्गुर, बाख्रा पनि पाल्नुभएको छ ।
शनिबार कतै जानुहुन्न । अरू बेला २ वजेसम्मको टिप गर्नुहुन्छ त्यसपछि बगैचामै पस्नुहुन्छ । जे काम छ त्यसमा भिडिहाल्नुहुन्छ । फुर्सद हुना साथ बगैचा छिर्नुहुन्छ र फोन आएमा मात्र गाडि लिएर जाने हुुन्छ ।

गाउँमा भएका तरकारी उहाँले गाडिमा लगेर हाटहरूसम्म पु¥याइदिने गर्नुहुन्छु । आफ्नै गाडि भएकाले मागेको ठाउँसम्म सामानहरू पुग्छ । तेसबाट पनि केहि आम्दानी हुन्छ । तरकारी चाहि मन्थली बजार र रामेछाप हाटबजारमा धेरै विक्रि हुने र सदरमुकाम मन्थली धानेकै हाम्रो ओख्रेनी गाउँले हो भन्नुहुन्छ । अहिले पनि उहाँको गाडिबाट मासिक १ लाख जति कमाउनुहुन्छ ।
विदेशमा तत्काल पैसा आएको देखियो । उमेर भएको बेला बाहिर बाहिर भनेर आधा आधा उमेर खर्च हुने भयो । उता काम गर्न नसकेपछि त यता आउने हो । यता आए पछि त केहि गर्न सकिदैन । बरु उमेर हुँदै नेपालमा केहि गरे राम्रो हुनेछ । यहाँ १÷२ वर्ष दुःख गरे पछाडि एकदमै राम्रो आम्दानी हुनेछ । उहाँहरूलाई म विशेष निवेदन गर्न चाहान्छु कि गाउँमा भएका बाँझो बारीको सदुपयोग गह्राँै । जे उत्पादन हुन्छ तेहि बाली फलफूल लगाउँ । यसबाट दीर्घकालिन रुपमा आम्दानी हुनेछ भन्ने सुझाव दिन चाहान्छु ।