यू–२० महिला भलिबलमा तेस्रो भएर फर्कियो नेपाली टोली

पालिका संचारकर्मी
१० श्रावण २०८१, बिहीबार १४:५९

काठमाडौं । यू–२० महिला भलिबल च्याम्पियनसिपमा तेश्रो स्थान हाँसिल गरेको नेपाली भलिबल टोली स्वदेश फर्किएको छ । माल्दिभ्सको मालेमा यू—२० महिला भलिबल च्याम्पियनसिप खेलेर नेपाली टोली बिहीबार मध्यान्ह स्वदेश फर्किएको हो ।

च्याम्पियनसिपको सेमिफाइनलमै रोकिएपछि तेश्रो स्थानका लागि नेपालले आयोजक माल्दिभ्ससँग खेलेको थियो । जसमा नेपाल ३–० को सोझो सेटमा विजयी हुन सफल भयो ।नेपाल फर्किएपछि यू–२० महिला टोलीका कप्तान जेनिशा विश्वकर्माले प्रतिष्पर्धी टोली बलियो भएको बताइन्। उनले पहिलो पटक अन्तराष्ट्रिय खेल खेलेकाले पनि सोचेजस्तो नतिजा दिन नसकेको बताइन् ।

च्याम्पियनसिपबाट धेरै अनुभव भएकाले आगामी दिनमा सुधार गरेर अघि बढ्ने उनले बताएकी छन् । नेपाली महिला भलिबलको इतिहासमा उमेर समूहको टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेको हो ।