मकवानपुरमा फेरी हुन थाल्यो बाघको आक्रमण, हेटौंडाको चुरीयामाइमा बाघको आक्रमणबाट दुइ जना घाइते

पालिका संचारकर्मी
६ बैशाख २०८०, बुधबार १३:३०

मकवानपुर । मकवानपुरमा फेरी बाघको आक्रमण बढ्न थालेको छ । पहिले पनि बाघको आक्रमणबाट यहाँका नागरिकले हैरानी खेप्दै आएका थिए । आज फेरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ स्थित चुरियामाई सामुदायिक वनमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

वनमा बाख्रा चराउन गएका ६५ वर्षीय कृष्ण बहादुर थिङ र १७ वर्षीय सुमन घलान बाघको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो । यस अघि पनि हेटौंडाको हर्नामाडीमा बाघको आक्रमणबाट एक जना घाइते भएका थिए ।

बाघको आक्रमणबाट घाइते थिङको घाँटीमा गहिरो चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । थिङको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते घलानको दाहिने कुम, ढाडको बाँया भाग र छातीमा बाघले टोकेको र अवस्था मध्यम रहेको जनाएको छ । घलानको पनि हेटौंडा अस्पतालमै उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*