मकवानपुरको इन्द्रसरोवर तालमा डुबेर सुबेदीको मृत्यु

पालिका संचारकर्मी
२२ चैत्र २०७९, बुधबार १२:२४

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर तालमा डुबेर एक जना बेपत्ता भएका छन् । ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर–१ मार्खु ईन्द्रसरोबर तालमा ढुङ्गा सयर गर्नेक्रममा डुबेर एक जनाको मृत्यु भएको हो ।

स्थानीय पुस्कल थिङले चलाएको डुङ्गामा काठमाण्डौ छईमले–३ बस्ने ३३ वर्षिय राज कुमार सुबेदीको मृत्यु भएको हो । ढुङ्गामा चढेर घुम्नेक्रममा हाम फालेर उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

डुंगामा चडी ताल घुम्ने क्रममा डुङ्गामा ज्याकेट र जुत्ता, मोबाईल छोडी तालमा हामफाली बेपत्ता भएको र अहिले पनि खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*