मकवानपुरमा एम्बुलेन्स दुर्घटना, चालक घाइते

पालिका संचारकर्मी
१८ चैत्र २०७९, शनिबार १२:१४

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर– ६ नयाँबस्ति स्थित पुर्व पश्चिम सडक खण्डमा एम्बुलेन्स दुर्घटना हुँदा त्यसका चालक घाइते भएका छन् । हेटौडाबाट चितवन जाँदै गरेको ना २ च ४१६१ नम्बरको खाली एम्बुलेन्स आफै अनियन्त्रीत भई सडकबाट ४ मिटर तल बारिमा खस्दा चालक घाइते भएका हुन् ।

एम्बुलेन्सका चालक भरतपुर महानगरपालिका वडा नम्बर– १० बस्ने २६ वर्षिय राजु श्रेष्ठको खुट्टा र ढाडहरुमा चोट लागि घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो । उहाँको उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा लगिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*