मकवानपुरमा चट्याङ लागेर एक जनाको ज्यान गयो

पालिका संचारकर्मी
४ आश्विन २०७९, मंगलवार ११:०३

मकवानपुर – मकवानपुरको बकैया  गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको ज्यान गएकाे छ। ज्यान गुमाउनेमा बकैया –११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घरमा बसिरहेको बेला चट्याङ लाग्दा उहाँकाे घटनास्थलमै ज्यान गएकाे हाे ।

चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*