सुनको मूल्यमा एकैदिन ६ हजार २०० रुपैयाँको उछाल, तोलाको २ लाख ८३ हजार ५०० पुग्यो

पालिका संचारकर्मी
१८ असार २०८३, बिहीबार १३:२८

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६ हजार २०० रुपैयाँले वृद्धि हुँदै २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ।

अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो। आजको वृद्धिसँगै सुनको मूल्य फेरि नयाँ उचाइमा पुगेको हो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्।