सुनको मूल्यमा एकैदिन १० हजार ५०० रुपैयाँ गिरावट

पालिका संचारकर्मी
५ असार २०८३, शुक्रबार ११:३८

नेपाली बजारमा शुक्रबार सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। बिहीबार प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १० हजार ५०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य घटबढको प्रभाव नेपाली बजारमा पनि परेको हो।

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला ४ हजार ६४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनको मूल्यमा आएको यो गिरावटले सुन खरिद गर्न चाहने उपभोक्तालाई केही राहत मिलेको व्यवसायीहरूको भनाइ छ।