कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

पालिका संचारकर्मी
५ असार २०८३, शुक्रबार ११:०८

 कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

परीक्षाको मर्यादा विपरीत कार्य गर्ने कुल ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

722468631_9123626318