हेटौंडा–६ मा क्यान्सर न्यूनीकरण र विषादीरहित खेतीबारे सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरको हेटौंडा–६ मा क्यान्सर न्यूनीकरण तथा विषादीरहित बाली उत्पादनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
नेपाल अर्बुद रोग निवारण संस्था मकवानपुर शाखाको आयोजनामा, हेटौंडा उपमहानगरपालिकाको सहकार्य तथा गरीबी निवारण बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा कार्यक्रम गरिएको हो।
कार्यक्रममा वडा नं. ६ का अध्यक्ष विष्णुबहादुर दाहालले रासायनिक विषादीको सुरक्षित प्रयोग गर्दै जैविक विकल्पतर्फ अग्रसर हुन आग्रह गरे। त्यस्तै, संस्थाका केन्द्रीय उपमहासचिव प्रकाश खतिवडाले क्यान्सरका कारण, लक्षण, बच्ने उपाय तथा विषादी प्रयोगसँग सम्बन्धित जोखिमबारे जानकारी गराएका थिए।
कृषि प्राविधिक गणेश खड्काले विषादीको सुरक्षित प्रयोग, न्यूनीकरणका उपाय तथा सुरक्षित कृषि अभ्यासबारे सहजीकरण गरेका थिए।
सहभागीहरूले आगामी दिनमा जैविक विषादी प्रयोग गर्ने तथा रासायनिक विषादी प्रयोग गर्दा आवश्यक सुरक्षा मापदण्ड पालना गर्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा स्वस्थ खाना, विषादीरहित खेती र स्वस्थ जीवनशैली अपनाएर क्यान्सरबाट जोगिन सकिने सन्देश दिइएको थियो।

पालिका संचारकर्मी 







