मकवानपुरका मनहरी गाउँपालिकामा (२९.२४) प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड
हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा १४३ जना (२९.२४) प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । पालिकाभित्र रहेको सामुदायिक र संस्थागत गरी १२ वटा विद्यालयबाट ४ सय ८९ जना परीक्षामा सहभागी भएकोमा १४३ जनामात्रै ग्रेडेड भएको पालिकाका शिक्षा शाखा अधिकृत प्रदिप पराजुलीले बताउनुभयो ।
पालिकाभित्र रहेको सामुदायिक विद्यालयतर्फ मनहरी–१, मकरीस्थित बालजीवन ज्योति माविबाट ४३.७५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । विद्यालयबाट ४८ जना परीक्षामा सहभागी भएका थिए भने २१ जना ग्रेडेड भएका छन् । मनहरी–८, सिम्पानीस्थित महेन्द्र किरणबाट परीक्षामा ७९ जना सहभागी भएकोमा १२ जना ग्रेडेड भएका छन् । मनहरी–५ स्थित भोजसिद्ध माविबाट ३६ जनामा ३ जना, मनहरी–२, भुन्द्रङटाँडीस्थित सीता माविबाट २७ जनामा ४ जना, मनहरी–४ स्थित पशुपतिनाथ माविबाट ४१ जनामा ६ जना, मनहरी–३ स्थित महेन्द्रज्योति माविबाट २९ जनामा ८ जना, मनहरी–७ स्थित राष्ट्रिय रोटरी माविबाट ६२ जनामा २१ जना, मनहरी–६, सुनाचुरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयबाट ४९ जनामा ८ जना र मनहरी–७, विजौनास्थित राष्ट्रिय माध्यमिक विद्यालयबाट ३८ जनामा ७ जना ग्रेडेड भएका छन् ।

पालिका संचारकर्मी 







