५८ जना सांसदले आफ्नो सम्पत्ति विवरण बुझाए
संघीय संसद सचिवालय अन्तर्गत ५८ जना सांसदले आफ्नो सम्पत्ति विवरण बुझाएका छन्। उनीहरूले सांसद सुविधा शाखामार्फत विवरण पेस गरेका हुन्।
भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ। उक्त ऐनअनुसार पद ग्रहण गरेको ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति तथा त्यसको स्रोत खुलाएर विवरण बुझाउनुपर्ने प्रावधान छ।
संसद सचिवालयले यसअघि नै सूचना जारी गर्दै सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको थियो। सोहीअनुसार हालसम्म ५८ सांसदले विवरण बुझाइसकेका छन् भने बाँकी सांसदहरूले बुझाउन बाँकी रहेको जनाइएको छ।
प्रतिनिधिसभा सदस्यहरूले आगामी जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउनुपर्ने समयसीमा तोकिएको छ।
संघीय संसदमा २७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रिय सभा रहेका छन्।

पालिका संचारकर्मी 







