एसईई नतिजापछि वीरगञ्जमा दुःखद घटना : १५ वर्षीय किशोरद्वारा आत्महत्या

पालिका संचारकर्मी
२९ बैशाख २०८३, मंगलवार १५:२६

वीरगञ्ज । सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजाबाट असन्तुष्ट बनेका वीरगञ्जका एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन्। पर्साको पकाँहामानपुर गाउँपालिका-२ घर भई हाल वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा बस्दै आएका धुपर्नेद्र पटेलका छोरा शन्नी पटेलले सोमबार राति आत्महत्या गरेका हुन्। पारिवारिक स्रोतका अनुसार एसईई नतिजा सार्वजनिक भएपछि शन्नी निकै निरास र चिन्तित देखिएका थिए। उनी वीरगञ्जको पिपरास्थित नरसिंह माध्यमिक विद्यालयका विद्यार्थी थिए।