यती एयरलाइन्सको आईपीओ निष्काशन तयारी, एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

पालिका संचारकर्मी
२९ बैशाख २०८३, मंगलवार १२:३९

यती एयरलाइन्स ले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारीसँगै धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ।

यस सम्बन्धी सम्झौतापत्रमा यती एयरलाइन्सका प्रमुख वित्त अधिकृत अनुप आचार्य र एनआइएमबी एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन्।

आन्तरिक हवाई सेवा सञ्चालन गर्दै आएको यती एयरलाइन्स नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकमध्ये एक मानिन्छ। कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन र गुणस्तरीय सेवामा विशेष ध्यान दिँदै देशका प्रमुख सहर तथा दुर्गम गन्तव्यमा नियमित उडान गर्दै आएको छ।

यससँगै यती एयरलाइन्सले नेपालको हवाई पहुँच विस्तार र क्षेत्रीय कनेक्टिभिटी सुदृढ गर्न महत्वपूर्ण योगदान दिँदै आएको जनाएको छ। अब आईपीओ निष्काशन प्रक्रिया अघि बढेसँगै कम्पनी पूँजी बजारमा प्रवेश गर्ने तयारीमा रहेको छ।