प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु
प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको छ ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । सो बैठकमा पछिल्ला राजनीतिक तथा प्रशासनिक निर्णयहरूबारे छलफल भइरहेको बताइएको छ ।
यसअघि बसेको मन्त्रिपरिषद् बैठकले संसद् बैठक आह्वान गर्ने निर्णय गरेको थियो । आजको बैठकले सोही निर्णयसँग सम्बन्धित प्रक्रिया तथा अन्य समसामयिक विषयमा थप छलफल गर्ने अपेक्षा गरिएको छ ।

पालिका संचारकर्मी 







