हर्मुज जलमार्गमा अमेरिकी–इरानी सैन्य तनाव चर्कियो
पालिका संचारकर्मी २५ बैशाख २०८३, शुक्रबार ११:३९
मध्यपूर्वको अत्यन्त संवेदनशील समुद्री मार्ग Hormuz Strait मा अमेरिकी र इरानी सैन्य शक्तिबीच तनाव चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डका अनुसार इरानले अमेरिकी नौसेनाका तीन जहाजमाथि मिसाइल, ड्रोन र साना डुङ्गाको प्रयोग गर्दै आक्रमण गरेको छ । त्यसपछि अमेरिकी सेनाले आत्मरक्षाका लागि जवाफी कारबाही गरेको जनाएको छ । अमेरिकी सेनाले तनाव बढाउन नचाहेको तर आफ्ना सैनिक र जहाजको सुरक्षाका लागि पूर्ण तयारीमा रहेको जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जहाजमा ठूलो क्षति पुगेको दाबी गर्दै इरानलाई अमेरिकी प्रस्ताव स्वीकार गर्न आग्रह गर्नुभएको छ । हर्मुज जलमार्ग विश्व ऊर्जा आपूर्ति र तेल व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । यहाँको तनावले अन्तर्राष्ट्रिय बजार र क्षेत्रीय सुरक्षामा गम्भीर असर पर्ने चिन्ता बढेको छ ।









