मकवानपुरमा आफ्नै खेतबारीमा काम गरिरहेको बेला कुटपिट गर्दै कान टोकेर छिनाइयो,प्रहरीले जाहेरी लिन मानेन

पालिका संचारकर्मी
१४ चैत्र २०७९, मंगलवार १७:२३

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका-६ अजिङ्गरेमा आफ्नै खेतबारीमा काम गरिरहेका एकजनामाथि निर्घात कुटपिट भएको छ ।

सोमबार बिहान ११ बजे आफ्नै बारेमा मकै र्छन पुगेका ४९ वर्षीय टेकप्रसाद न्यौपानेमाथि स्थानीय ५९ वर्षीय भवानीप्रसाद चौलागाई र कृष्णप्रसाद चौलागाईले कुटपिट गरेका हुन् ।

न्यौपानेमाथि चौलागाईद्वयले कुटपिट गर्नुको साथै बायाँ कान टोकी आधा काननै छिनाएको न्यौपानेकी श्रीमती संगिता लोहनी न्यौपानेले जानकारी दिएकी छन् ।

संगिताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चौलागाईद्वयलाई पक्राउ गरेर अनुसन्धान गर्न जाहेरी दिन खोजेपनि प्रहरीले जाहेरी लिन नमानेको पीडित पक्षले जनाएको छ ।

यता, जिल्ला प्रहरी कार्यालय मकवानपुरले ऐलानी जग्गाको विषयमा उनीहरुबीच झगणा भएको जनाएको छ । कार्यालयका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले सोमबारनै दुबै पक्षलाई राखेर ऐलानी जग्गाको विषयमा गाउँपालिकासँग समन्वय गर्न अनुरोध गरिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*