पाथीभरा मन्दिर क्षेत्रमा हिमपात, दर्शनार्थीहरूको घुइँचो
ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ। शुक्रबार साँझदेखि परेको वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।
उनका अनुसार केही दिनदेखि पाथीभरा क्षेत्रमा मौसम धुम्मिएको थियो। आजको हिमपातसँगै यस वर्ष पाथीभरामा पाँचौँ पटक हिउँ परेको छ। हिउँ परेपछि पाथीभरामा दर्शनार्थीहरूको घुइँचो लागेको छ। दर्शनसँगै हिउँ खेल्न पाइने भएकाले नजिकका क्षेत्रका मानिसहरू पनि मन्दिर क्षेत्रमा पुगेका छन्।
हिमपातसँगै ताप्लेजुङ जिल्लाभर चिसो बढेको छ। जिल्लाका उत्तरी उच्च भेगहरूमा समेत हिउँ परेको स्थानीयहरूले बताएका छन्।

पालिका संचारकर्मी 

